हरिबोल गजुरेल भन्छन्, ‘मंसिर २० मै राजिनामा दिएको हुँ, कारण खुलाउँदिनँ’

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजिनामा दिएका हरिबोल गजुरेलले राजिनामाको कारण खुलाउन अस्वीकार गरेका छन् ।

दियोपोष्टकर्मी खुमा वलीसँग संक्षिप्त कुराकानी गर्दै उनले राजिनामाको कारण नखुलाउने दावी गरेका हुन् । उनिसँगको प्रश्नोत्तर यस्तो छ ।

तपाईं प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजिनामा दिनुको कारण के हो ?

मैले आज राजिनामा दिएको हैन । मंसिर २० गतेनै राजिनामा दिएको हुँ ।

के कारणले दिनुभएको हो ?

कारण मैले राजिनामापत्रमा खुलाएको छु । अहिले सार्वजनिक गर्दिन । राजिनामा स्वीकृत भएको छैन ।

अन्य कुनै ठाउमा नियुक्ती अथवा मन्त्री बन्नको लागि त हैन ?

हैन, मेरो त्यस्तो व्यक्तिगत कारण छैन । सबै कुरा राजिनामापत्रमै खुलाएको छु ।