आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

राजीनामा दिनुको कारण भने थानी खुलाएका छैनन् ।

सम्बन्धित खबर

सिफारिस