राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सिबि गहतराज पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन । लिखत सम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।

उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ ।
महासंघ भित्रको विवादका कारण समेत उनी पक्राउ परेको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस