‘सर्टिफिकेट र भ्रष्टाचार काण्डमा’फस्ने डरले आयल निगमका कार्यकारी निर्देशक थानीको राजिनामा !

दियोपोस्ट संवाददाता

 

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । थानीले राजीनामा दिनुको कारण खुलाएका छैनन् । तर, आफ्नै सर्टिफिकेट काण्ड र आयल निगम भित्रका विभिन्न भ्रष्टाचार काण्डबाट बाँच्नका लागि थानीले राजिनामा दिएको आशंका छ । विशेषगरि उनको सर्टिफिकेटमा यसअघि नै प्रश्न उठेको थियो । दियोपोस्ट डटकमले उनको योग्यताबारे लामो खोज अनुसन्धानपछि समाचार प्रकाशन गरेको थियो । त्यस्तै निगम भित्रका ठूला ठेक्का पट्टामा समेत उनी विवादमा तानिएका थिए । अंलेखगन्जमा भएको ७८ करोडको भण्डारण ठेक्कामा उनी विवादमा आएका थिए । त्यस्तै उनलाई निगमकै ट्रेड युनियनले पनि साथ नदिएको आरोप छ । अरु त अरु नेपाली कांग्रेस निकट ट्रेड युनियन समेत उनलाई हटाउन दौडधुपमा थिए ।

को हुन् थानी के हो उनको सर्टिफिकेट विवाद ?

थानी २०७० जेठ १३ मा नेपाल इन्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतमा ४ वर्षका लागि रजिस्ट्रार र २०७३ मा भदौमा नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिवसमेत भएको आफ्नो अनुभवमा उल्लेख गरेका थिए । २०७३ मंसिर ३० मा चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्ति पाएका थानीले २०७६ कात्तिक ३ मा प्राधिकरण छाडेका थिए । त्यसवेला कामको व्यवस्थता भएका कारण राजिनामा दिएको उल्लेख गरेका थिए । २०७६ जेठ १३ मा एभरेस्ट इन्जिनियरिङ कलेजको प्राचार्य भएर दुई वर्ष काम गरेका थानी अहिले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालमा अध्यक्ष पनि हुन । यनै अनुभवका आधारमा सिफारिस गरिएको थानीका विभिन्न कमजोरीहरु दियोपोष्ट डटकममा प्रकाशित गरेको थियो ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ को दफा ३ खमा ‘कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातकोत्तर उत्तिर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको’ हुनुपर्ने व्यवस्था थियो । तर थानी नियुक्तीलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ लाई सुटुक्क संशोधन गरि ‘२०७८’ जारी गरेर प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयका अधिकारीहरुको माग भन्दै मुख्य सचिव शंकरदास बैरागीले थानीको नाम अनिवार्य सिफारिस गर्न दबाब दिएका थिए । थानीको योग्यता नपुगेको विषयमा प्रश्न गरेपछि तत्कालिन सचिव दिनेश भट्टराईको सरुवा समेत गरिएको थियो ।

दियोपोस्टले खोजेको प्रमाणहरुलाई हेर्ने होभने अनुभव, प्रमाणपत्र र पदपुर्ति सम्बन्धी निर्देशिकाको आधारमा उनको योथ्यता पुग्दैन थियो । २०५१मा एसएलसी, २०६१ देखि २०६२ सम्म जिल्ला शिक्षा कार्यालय हुम्लामा इन्जिनियर भएर काम गरेको थिए । २०६५ मा सेभ द चिल्ड्रेनमा एक वर्ष इन्जिनियर, २०६७ देखि २०६८ असोज ३० सम्म ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरडीपी)मा स्वीकृत इन्जिनियरको भन्दै विवरण पेस गरेका थिए । त्यसैगरी २०७० नेपाल इन्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतमा ४ वर्षका लागि रजिस्ट्रार र २०७३ मा भदौमा नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिवसमेत भएको प्रमाण पेस गरेका थिए । २०७३ मा चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्ति भएका थानीले कामको व्यस्थता भन्दै २०७६ कात्तिक ३ मा राजिनामा दिएका थिए । २०७६ सालमा एभरेस्ट इन्जिनियरिङ कलेजको प्राचार्य भएर दुई वर्ष काम गरेका थिए भने सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालमा अध्यक्ष समेत भएका थिए ।

सर्वोच्च अदालतले सार्वजनिक संस्थानहरुको कार्यकारी नेतृत्वमा नियुक्ती गर्दा १० वर्षे अनुभव हुनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त ईजलाशले सरकारी निकाय तथा सार्वजनिक संस्थानको अध्यक्ष तथा कार्यकारी पदको नियुक्तीमा १० वर्षे अनुभव हुनुपर्ने परमादेश दिएको हो । तर, परमादेश विपरित निगमको कार्यकारी निर्देशकमा योग्यता नपुगेका थानीलाई नियुक्ती गरिएको थियो ।
दियोपोष्ट डटकमले आयल निगमका थानीको १८ करोड भष्टाचारमा संलग्नता अर्को खोज समाचार प्रकाशित गरिेको गरेपछि थानीलाई झन अप्ठेको परेको थियो । समाचारमा नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो गरेको भनी समाचार प्रकाशित गरिएको थियो । बाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा छानविन समिति समेत गठन भएको थियो । भण्डारण ट्यांकी निर्माणमा प्रतिस्पर्धा नै खुम्च्याएर आयल निगमले ‘रेलिगेयर कन्स्ट्रक्सन प्रालि, कुपोण्डोल’लाई ट्यांक निर्माणको जिम्मा दिएको थियो । निगमले सो कम्पनीलाई ठेक्का दिँदा १८ करोड रुपैयाँ भ्रष्ट्राचार गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

तीनवर्षे कार्यकालको लागि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा २०७८ फागुनमा नियुक्त भएका थानीलाई सवोच्च अदालतेले अयोग्य ठहरी सकेको छ । अहिले थानी विरुद्ध अख्तियार अनुसान्धान आयोगमासम्म उजुरी परेको छ । उनी विरुद्धमा अनुसन्धान भइरहदा एक्कासी थानीको राजिनामा आउनुलाई शंकास्पद देखिन्छ ।

सम्बन्धित खबर

सिफारिस