
काठमाडौँ । सभामुख देवप्रसाद घिमिरेले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्।
सभामुख घिमिरेले मंसिर २७ गतेबाट लागु हुने गरी पाण्डेयलाई कार्यबाहक महासचिव तोकेका छन्।