
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । काठमाडौंमा सुर्तीजन्य पदार्ग बेचबिखन गरे पसल समेत बन्द गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिए ।
अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ ।
यस्तै महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुमपान गर्न पनि प्रतिबन्ध लगाएको छ। सार्वजनिक स्थलमा धुमपान गरेको पाइएमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ।

