एनसेल सेयर बिक्रीविरूद्ध नेविसंघको प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा एनसेल सेयर बिक्रीविरूद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ।

नेविसंघले आज बिहीबार बिहान बागबजारस्थित पद्मकन्या क्याम्प अगाडि एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा विद्यार्थीहरूले विभिन्न थरीका मास्क लगाएका छन् भने विभिन्न माग उल्लिखित पम्प्लेटहरू बोकेका छन् ।

नेविसंघले एनसेल खरिदबिक्री प्रकरणका सन्दर्भमा नियामक निकायहरूको बदनियतपूर्ण कमजोरी, सोनारा एक्जियाटाले गरेको कानुनी छिद्रहरूको गलत प्रयोग र राजनीतिक आडमा गरिएको खरिदले निम्त्याएको भ्रष्टाचार र आर्थिक अपचलनका विरुद्ध सरकार, सोनारा एक्जियाटा र खरिदकर्तालाई प्रश्न समेत गरेको छ ।

सम्बन्धित खबर

सिफारिस