थमन बिक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

दियोपोस्ट संवाददाता

काठमाडौं । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।

उनीसँगै मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो ।

आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ । सोही प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।

उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

सम्बन्धित खबर

सिफारिस