![ओलीलाई मुक्का हान्ने महेश राइकी श्रीमती भन्छिन्,‘ओली बा, गल्ती भयो, माफी दिनुस्’ [भिडियो]](https://www.diyopost.com/wp-content/uploads/2023/12/kp-ba-news.png)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुट्टामा भएको मुक्का प्रहारको घटनामा पक्राउ परेका महेश राइकी श्रीमतीलाई एमाले कार्यकर्ताले घेराबन्दी गरेर भिडियो बयान लिएका छन् ।
संकल्प यात्राको क्रममा धनकुट्टा पुगेका ओलीमाथि विहिबार दिउँसो एक युवाले मुक्का प्रहार गरेका थिए । महालक्ष्मि नगरपालिका ५ लेगुवामा राइले ओलीलाई मुक्का हानेका थिए ।
उक्त घटनामा पीडित बनेका राइ परिवारले केपी ओली समक्ष माफि दिन आग्रह गरेका छन् ।
एमाले कार्यकर्ताले उनकी श्रीमतीलाई भिडियो वार्ता लिएर आफ्नो तर्कहरुमा सहमत गर्न लगाएका छन् । प्रश्नकर्ताले जे भन्न लगाएका छन् त्यही विषयमा उनकी श्रीमतीले बयान दिएका छन् । उनले ओलीलाई नमस्ते गर्दै गल्ती गरेको र माफी दिन आग्रह गरेकी छिन् ।
सँगै रहेका एक व्यक्तिले महेश बस्नेत एमालेकै कार्यकर्ता रहेको बताएका छन् ।