द्वन्द्वकालीन मुद्दा टुंग्याउन माग राख्दै डा. केसीले थाले तीनदिने अनशन, यसअघिका सम्झौता पनि भएनन् कार्यान्वयन

दियोपोस्ट संवाददाता

काठमाडौं । द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउनु पर्ने मुख्य माग राखी प्रा.डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । डा. केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा शुक्रबारबाट तीनदिने अनशन सुरु गरेका हुन् । डा. केसीले देशमा दण्डहीनता मौलाएको भन्दै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंग्याउन माग राखेका छन् ।

सरकारले गरेन सम्झौता कार्यान्वयन
यसअघि डा. केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि पटक–पटक अनशन बस्दै आएका डा. केसीले उठाएका गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नेलगायत मागमा सरकारले गरेका सम्झौता अझै कार्यान्वयनमा आएको छैन ।

यसबाहेक सय शड्ढयाभन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गनुपर्ने माग केसीले उठाएका छन् ।

 विवादपछि मन्दिरमा अनशन
अनशनका लागि डा. केसीले पहिले गेटा परिसर चयन गरेका थिए । त्यसका लागि उनी पुग्दा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग विवाद भएपछि धनगढी फर्केर लक्ष्मीनारायण मन्दिरमा अनशन थालेका हुन् ।

सम्बन्धित खबर

सिफारिस