
काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकी कोटेश्वर चोकबाट र्यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् ।
गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।

