अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- नेपाल जाँदा सतर्क रहनू

दियो पोस्ट  

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल घुम्न जाँदा सतर्कता अपनाउन आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको काउन्सुलर विभागले ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकाहरूलाई नेपाल जाँदा सतर्क रहन आग्रह गरेको हो।

उसले नेपालमा राजनीतिक हिंसा बढेको र त्यसकारण सुरक्षा सतर्कता पनि बढाइएको ट्राभल एड्भाइजरीमा बताएको छ।

‘शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन,’ अमेरिकाको काउन्सलर विभागले जारी गरेको ट्राभल एड्भाइजरीमा उल्लेख छ।

त्यसकारण नेपाल जाने निर्णय गरेका व्यक्तिहरूलाई त्यस्ता राजनीतिक आन्दोलनका भीडभाडबाट टाढै रहन आग्रह गरेको छ।

त्यस्तै एक्लै पदयात्रा र  आरोहण नगर्न पनि अमेरिकाले आफ्नो नागरिकहरुलाई आग्रह गरेको छ।