सिन्धुलीको घटना : विजुलीको पोलमा बाधेर तीन दिनसम्म निर्घात कुटपिट

श्रीमानसहित सात जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । कमलामाई नगरपालिका–४ ढुग्रेबास, ढकालगाउँकी एक स्थानीय शारदा थापालाई बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट भएको छ । थापालाई ३ दिनसम्म पोलमा बाधेर कुटीएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि बेहोस हुने गरी विजुलीको बोलमा बाधेर कुटपिट गरिएको हो । थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । एसपी थापाका अनुसार बाँधेर राखेकै अवस्थामा उद्दार गरेर ल्याई सेफ होममा राखिएको छ ।

प्रहरीले घटनाका दोषी थापाका श्रीमानसहित ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा शारदाका श्रीमान सन्तोष थापा, एकबहादुर खड्का, ईश्वर पोखरेल, लक्ष्मी पोखरेल, मिलन देवकोटा र विष्णुबहादुर ढकाल रहेका छन् । पक्राउ पर्नेमा छ जना कमलामाई नगरापालिका–४, ढकालगाउँ हुन ।
प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो । ‘मैले काठमाडौं जान्छु भनेर रोइकराइ गर्दा पनि जबरजस्ती भ्यानमा हालेर लगेका थिए’, उनले भनेकी थिइन् ।

उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्छु भन्ने उनीहरुलाई परेको हुनसक्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘दुई जना छुट्टिएपछि पाइँदैन भनेर दबाब दिएको जस्तो देखिन्छ ।’ एसपी सिलवाल भने त्यसरी निर्घात कुटपिट गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताउँछन् । भन्छन्, ‘पीडित बोल्न सक्ने अवस्थामै हुनुहुन्थेन, अदालतबाट म्याद लिएर अब विस्तृतमा अनुसन्धान गर्छौं ।