टेरामक्स कार्यान्वयन रोक्न लेखा समितिको निर्देशन

दियो पोस्ट  

काठमाडौँ । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै विवादित विषयमा सुक्ष्म अनुसन्धान नगरेसम्म टेरामक्ससम्बन्धी विवादित रुपमा रहेको र नसुल्झिएका १४ विषय सुक्ष्मरुपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म रोक्न निर्देशन दिएका छन् ।