हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका २ जनाको मृत्यु

दियो पोस्ट  

हेटौंडा । मकवानपुरको हेटौंडा–९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार आश्रममा बसेका १९ वर्षीया पुजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको हो ।
पुजालाई विसं २०७६ मंसिर १ गते बागलुङस्थित सडकपेटीबाट उद्धार गरी यहाँ ल्याइएको थियो भने अमितलाई गत असार २७ गते मकवानपुरको बकैया–३ हात्तिसुँडेस्थित बाटोबाट वेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको थियो ।

पुजाको मंगलबार र अमितको आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुवै जनाको कालगतिले मृत्यु भएको जानकारी आएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ ।

आश्रमले सडकपेटी एवं सार्वजनिक स्थलहरुमा जीवनव्यतित गरिरहेका मानिसहरुको उद्धार गरेर उनीहरुको सेवा गर्दै आएको छ ।