काठमाडौँ । राजधानीबाट प्रकाशित हुने द नेपालटप दैनिक गत असार ६ गतेदेखि प्रकाशन बन्द रहेको छ । दाजुभाई अमरेशकान्त र शोभाकान्त झाको लगानीमा सुरुभएको द नेपालटपले श्रमजीवी पत्रकार तथा कर्मचारीको महिनौको पारिश्रमीक नदिएर बिचल्ली बनाएको छ ।
पछिलो समय मिडिया साहुहरु कार्यरत कर्मचारीलाई पारिश्रमीक नदिई बेपत्ता हुने प्रबृती कुनै नयाँ होईन । २२ वर्षदेखि सञ्चालनमा रहेको राजधानी दैनिक वा कान्तिपुर सबैको अवस्था उस्तै छन् । ग्यालेक्सी टेलिभिजनको त कुरै नगरौ ।
श्रमजीवीको पारिश्रमकलाई लिएर द नेपालटप र ग्यालेक्सी टेलिभिजनको परिदृष्यलाई हेर्ने हो भने श्रम प्रतिको शोषण झल्काउछ । श्रमजीबीको समस्यालाई सम्बोधन गर्न सम्पादकलाई बिदामा राख्ने, भगाउने यो चलन पुरानै हो । त्यसैगरी पत्रिकाको संकट गहिरिँदै गएपछि द नेपालटपका सम्पादक डिल्ली आचार्यले आफुले पत्रिकामा काम गर्न नसक्ने भन्दै केही समय विदालिई जन्मथलो टाप कसेका थिए । उनले ललितपुरमै घर बनाईसकेका छन् । सम्पादकको आस भरोसामा कामगर्ने श्रमजीवी पत्रकारहरुको चासोलाई सम्बोधन नगरि विदामा बस्नुलाई लगानीकर्तासँगको मिलेमहतो गरेको आशंका पीडित पत्रकारहरुले गरेका छन् ।
सम्पादक आचार्य झापातिर टाप कसेपछि श्रमजीवीले आन्दोलनको धम्की दिएका थिए । लगतै अध्यक्ष दाजुभाईले असारमा भदौ पहिलो साता साटिनेगरी सबै पत्रकार र कर्मचारीलाई चेक थमाएका थिए । उनले दिएको भाखामा चेक नसाटिए पछि भदौ मध्यमा १५ जना कर्मचारीलाई केही रकम दिइ चेक फिर्ता लिई आजका दिनसम्म अध्यक्ष बेपत्ता छन् ।
‘हामीलाई आधा भन्दा कम पैसा दिएपछि उनले दिएको चेक विश्वासमा परेर फिर्ता गर्यौ तर अहिले फोनसमेत अफ गरेर अध्यक्ष झा बेपत्ता भएका छन्,’ एकजना पीडित पत्रकार भन्छन् । उनकाअनुसार द नेपालटपको बवरमहलस्थित कार्यालयमा अहिले ताला लगााइएको छ । भने संचालक दाजुभाइ फोन अफ गरेर बेपत्ता छन् ।

सञ्चालकमध्ये एक शोभाकान्त झा नापी विभाग ललितपुरका जागिरे हुन् । सरकारी जागिरे भएपनि महिनामा ४ पटकसम्म बिदेश भ्रमण गरिरहने शंकास्पद पृष्ठभूमिका शोभाकान्तले ललितपुरका जग्गा हालसाविकमा घोटाला भएको प्रकरणमा अनुसन्धान सुरु भएको थियो । उता अनुसन्धान सुरु यता द नेपालटकका कर्मचारी हाम्रो पैसा चाहियो भनेर सातदोबाटो धाउन थालेपछि नापी विभागमा राजिनामा बुझाएर बेपत्ता भएका हुन् । तर अघोषित रुपमा लगानी गरेका अमरेशकान्तका दाजुले कुनै पनि पत्रकार तथा कर्मचारीको फोन उठाएका छैनन् ।