
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन बालकृष्ण खाँण पहिलो पटक सानेपामा पुगेका छन्।
गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ उनी पुर्पक्षका लागि ७ महिना थुनामा बसेपछि मंसिर २९ गते ३० लाख धरौटीमा थुना मुक्त भएका हुन् ।
खाँण पुर्पक्षका लागि थुनामा रहँदा यस विचमा कांग्रेसका दुई केन्द्रीय समिति बैठक बसेको थियो ।
उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो । संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।
कांग्रेस संस्थापन पक्षको अडानले खाँणको निलम्बन रोकिएको थियो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् ।