बैठक जान हिँडेका मन्त्री प्रकाश ज्वालाको गाडीमा ईपीएसका परीक्षार्थीले लगाए आगो

बालकुमारी घटनाः

दियो पोस्ट  

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।