प्रहरीले चलाएको गोली लागेर सुरज राउतको मृत्यु, तीन जना घाइते

बालकुमारी आन्दोलनः

दियो पोस्ट  

ललितपुर । ललितपुरको ग्वार्काेमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आन्दोलनकारीले जलाएपछि प्रहरीको गोली लागेर गम्भिर घाइते भएका २३ वर्षका सुरज राउतको मृत्यु भएको हो ।

उनको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो । गाडीमा आगजनी भएपछि स्थिति नियन्त्रणमा गोली चलाउँदा तीन जना घाइते भएको बताइएको छ।

मन्त्री ज्वालाले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।