बालकुमारी घटनामा गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु

बालकुमारी आन्दोलनः

दियो पोस्ट  

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत् २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।