गृह मन्त्रालयद्वारा बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

दियोपोस्ट संवाददाता

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

गृहका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार डिआइजी लालमणि आचार्यको नेतृत्वमा गठित समितिमा काठमाडौंका सहायक प्रमुख जिल्ला अमरदिप सुनुवार, उपअनुसन्धान निर्देशन बासु सिग्देल सदस्य छन्।

बालकुमारी झडपमा दुईजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको छ।
राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको छ । प्रहरीले अहिलेसम्म ६६ जनालाई नियन्त्रणमा लिएको छ भने १० जना सामान्य घाइते छन्।

सम्बन्धित खबर

सिफारिस