सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दामा बहस सकियो, आजै फैसला सुनाइने

दियो पोस्ट  

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस सकिएको हो ।

दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो । जवाफी बहसपश्चात न्यायधीसले जाहेरीकर्ता गौशाला २६ लाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो । यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।