धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात, उपचारका लागि दिल्ली रिफर

दियोपोस्ट संवाददाता  

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्या देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।