काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खड्काको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले पाँच दिन हिरासतमा राख्न अनुमति मागेका थिए। तर अदालतले तीन दिनको मात्रै अनुमति दिएको हो।
प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ।