
फाइल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितलाई जिल्ला अदालत कास्कीमा लगिएको छ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा बयानका लागि सोमबार बिहान जिल्ला न्यायाधीश नितिज राईको इजलासमा परेको छ। न्यायाधीश राईको इजलासले अब प्रतिवादीहरूको बयान लिनेछ।
सबै प्रतिवादीहरूको बयान लिएपछि मात्रै थुनछेक बहस हुनेछ। थुनछेक बहसमा रवि लामिछाने लगायत प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागारमा राख्ने वा धरौटीमा रिहा गर्ने भन्नेबारे निर्क्यौल हुनेछ।
रवि लामिछानेसहित ४४ जनाविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।