भारतसहित पाँच राजदूतले लिए शपथ

दियोपोस्ट संवाददाता  

काठमाडौं । ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् र

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको शपथ गराएका हुन् ।

भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहान राजदूत नियुक्त भएका छन् ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सिफारिस