
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी र अन्य सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा छ ।
यसअघि विभिन्न जिल्ला अदालतले समेत उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । कास्की जिल्ला अदालतले पनि लामिछानेलाई धरौटी आदेश गरेको थियो ।