एमालेका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ ग्रहण कार्यक्रम पार्टी सम्पन्न भएको हो ।

अध्यक्ष केपी शर्मा ओली सहित अन्य पदाधिकारीहरूले शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिज्ञा गरेका छन्।

उपाध्यक्षहरु पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, राम बहादुर थापा, गोकार्णराज बिष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरु महेश बस्नेत, पद्मा कुमारी अर्याल, शेरधन राई, हिकमत कुमार कार्की लगायत सम्पूर्ण निर्वाचित केन्द्रिय सदस्यले शपथ लिएका थिए ।

महाधिवेशनमा विभिन्न प्रदेश र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै ११ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्, जसमा महिलादेखि युवासम्म तथा मधेशी समुदायका प्रतिनिधिहरू समावेश छन्।

निर्वाचित नेतृत्वले पार्टीभित्रको संगठनात्मक स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।  अध्यक्ष केपी शर्मा ओलीको पुनः निर्वाचनले पार्टी नेतृत्वलाई मजबुत बनाएको छ।

यस महाधिवेशनले महिला, युवा तथा क्षेत्रीय विविधतामा आधारित समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ।

निर्वाचनमा केही वरिष्ठ नेताहरू बाहिरिएका छन् । यसले पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तनको संकेत दिएको छ। आगामी दिनमा पार्टीले राष्ट्रिय राजनीति तथा सामाजिक समावेशीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।