
काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका बिषयमा प्रधानमन्त्रीसँग सरकार, राजनीतिक दल, निर्वाचन आयोग र नागरिक समाजका अगुवाहरूबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सोमबार सिंहदरबारमा प्रतिनिधि सभा निर्वाचन सर्वपक्षीय बैठक आयोजना गरिएको हो।
बैठकमा राजनीतिक दलहरू, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा तथा प्रशासनका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी भएका छन्।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन आगामी मितिमा सम्पन्न गर्न सबै पक्षबीच समन्वय, प्रतिबद्धता र तयारीलाई मजबुत बनाउने उद्देश्यले छलफलको आयोजना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले सबै दलहरूलाई निर्वाचनमा सहभागी हुन र संविधान तथा कानुनी प्रक्रियालाई सम्मान गर्न जोड दिएकी छन्।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टीका नेता लगायत निर्वाचन आयोगका उच्च अधिकारीको सहभागिता रहेको छ ।