काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर अस्पताल लगिएकोमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर