समरसता मंचद्वारा विभिन्न २५ देशका प्रतिभालाई काठमाडौँमा सम्मान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अन्तर्राष्ट्रिय ‘समरसता मंच’ले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय ‘वैश्विक एकता एवार्ड’द्वारा सम्मान गरेको छ । मंचले सोमबार काठमाडौँमा ‘समरसता महाकुंभ’ कार्यक्रम आयोजना गरि २५ देशका ३ सय जना विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गरेको हो ।

नेपालबाट सम्मानित हुनेहरुमा बहराइनका लागि पूर्व राजदुतहरु पदम सुन्दास, दक्षिण अफ्रिकाका पूर्व राजदुत डा.निर्मल बिश्वकर्मा, जापानका लागि पूर्व राजदुत बिष्णुहरी नेपाल, नेपाल टेलिभिननका कार्यक्रम प्रस्तोता चक्रमान बिश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा दियो पोष्ट डककमका सम्पादक रीता बुढाथोकी, नेपाल सरकारका पूर्व सचिव डा.मान बहादुर बिश्वकर्मा, मधेशी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानलगायत बिभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरु रहेका छन् ।

नेपालका प्रथम पूर्व उपराष्ट्रपति परमानन्द झाले सम्मानितहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख संयोजक एवम अन्तराष्ट्रिय समरसता मञ्चका अध्यक्ष डा. कुलदिप प्रसाद शर्माले यो कार्यक्रम नेपालमा सम्पन्न गर्दा नेपाल र भारतबीचको एकतामा थप टेवा पुगेको बताए ।

समरसता मंचले भारत र नेपालबीच सांस्कृतिक, सामाजिक र ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन पहल गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै मधेशी दलित गैरसरकारी संस्था महासंघ,काठमाडौं को राष्ट्रिय अध्यक्ष तथा नेपालस्थित समरसता मंचका संयोजक नरेन्द्र पासवानले दुई देशका जनताबीच एकता र सद्भाव कायम गर्न र सांस्कृतिक आदानप्रदानका लागि यस्ता खाले कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।
पासवानले सम्मानका लागि बिभिन्न देशबाट आएका ब्यक्तित्वहरुलाई स्वागत गरे । उनले परम्पराकालदेखि नेपालले अतिथि देवो भवःको भावना बिकास गरेको भन्दै सोही अनुसार नेपाली संस्कृति बिकास भएको जानकारी दिए ।

कार्यक्रममा बिश्व शान्तिका लागि बिभिन्न देश तथा क्षेत्रमा योगदान पुर्याएका सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिकर्मी, संचारकर्मी, मानव अधिकारवादी, लेखक, न्यायाधिश, कलाकार तथा ब्यवशायी समेतलाई सम्मान गरिएको थियो ।

 

सिफारिस