गर्भवती महिलाले गरिन झुण्डिएर आत्महत्या, बच्चा आफै जन्मियो र बाँच्यो पनि , तर कसरी ?

Diyo post  

भारत मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिला आत्महत्याका लागि झुण्डिएपछि बच्चा जन्मिएको छ । महिलाको मृत्यु भएपछि जन्मिएको शिशु जीवित रहेको र अहिले शिशुको अवस्था राम्रो रहेको डाक्टरले जनाएका छन् ।

घटना बिहीबारको हो । कटनीको कोतवालीकी लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले डोरीको पासो लगाएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । उनी झुण्डिएको अवस्थामै शिशुको जन्म भएको हो ।
शिशुको नाभी चुँडिएको थिएन, त्यो देखेपछि परिवारका सदस्यले प्रहरी र अस्पतालमा सम्पर्क गरे ।

आफूहरु घटना थाहा पाउने बित्तिकै घटनास्थल पुगेर शिशुलाई आमाबाट अलग गरेको डा। माखनलाल सेनले बताए । अहिले शिशुको अवस्था राम्रो रहेको डा। सेनको भनाई छ ।

मृत महिलालाई जन्मिएको शिशुसँगै जिल्ला अस्पताल लगियो, शिशुको अवस्था गम्भीर थियो । डाक्टरले तत्काल शिशुलाई आइसियूमा राखे, त्यसपछि बिस्तारै अवस्था सुधार हुँदै आयो ।

अर्का डा। यशवन्त बर्माले घटनाबारे थप बताए, ‘महिला ९ महिनाकी गर्भवती थिइन् । शिशुको तौल झण्डै दुई किलोको थियो । महिला झुण्डिएपछि शिशु ग्र्याभिटिका कारण बाहिर आयो ।’

उनले अघि भने, ‘जब हामी जीवित हुन्छौँ धेरै कुरालाई रोकेर राख्छौँ । तर मृत्युपछि त्यसमा नियन्त्रण रहँदैन । यहि कारण ती महिलाको मृत्यु भएपछि बच्चा बाहिर आयो ।’

आत्महत्या गरेकी लक्ष्मीका पति सन्तोष सिंहका अनुसार घरमा सबै राम्रो थियो, के कारणले श्रीमतीले आत्महत्या गरिन् भन्ने थाहा नभएको उनको भनाई छ ।

आफूहरु बुधबार राति खाना खाएर सुतेको र भोलिपल्ट बिहान झण्डै ६ बजेतिर उठ्दा श्रीमतीलाई नदेखेपछि खोजी भएको उनको भनाई छ । लक्ष्मीले गोठमा गएर आत्महत्या गरेकी हुन् । सन्तोसका यसअघि नै दुई छोरा र दुई छोरी गरी चार सन्तान थिए । बिबिसी

सम्बन्धित खबर