कालीकोट, पुष ९ । आइतबार मध्य रातदेखि भएको आगलागीबाट कालिकोट पलाता–१ का ८७ घर जलेर नष्ट भएका छन् । स्थानिय न्यौपाने बस्तीमा सल्केको आगो नियन्त्रण लिन नसक्दा बस्तीका ८७ घर जलेर नष्ट भएको हो ।
आगलागीको कारण भने अझै नखुलेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ । आगलागीबाट ठुलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
आगलागीबाट ७ जना घाइते भएका छन् । घाइतेमध्य एकको स्थिति गम्भिर भएको जिल्ला प्रशासन कार्यलय कालिकोटले जनाएको छ । त्यस्तै १८ चौपाय मरेका छन् भने स्थानियहरु घरबारविहिन बनेका छन् ।
आगलागीबाट घरबारविहीन हरुका लागि तत्काल राहत प्रदान गर्नका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत राहत सामग्री ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले. बताएका छन् । त्यस्तै प्रदेश, जिल्ला, गाउँपालिका तथा स्थानिय तहसंग समन्वय गरेर अझै राहतका कार्यक्रमलाई अगाडी बढाउने उनले बताए ।