बसको ठक्करबाट एकको मृत्यु भएपछि घाेराही तनावग्रस्त, प्रहरीबाट अश्रु ग्याँस प्रहार

दियो पोस्ट  

घोराही, पुष ९ । दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । आन्दोलित समुहले बसमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

सोमबार विहान घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ ख १६०२ नम्बरको बस घोराही–१४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किएको थियो । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

दुर्घटनापछि घोराही तनाबग्रस्त छ । स्थानीयले प्रहरीले दमन गरेको भन्दै आन्दोलन जारी राखेका छन् । प्रहरीले भने सवारीसाधनमा क्षति पु¥याउने गरी गतिविधि गरेको र त्यसलाई नियन्त्रणमा लिन र भीड हटाउन अश्रु ग्यास प्रयोग गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।