खाडी मुलकमा कामदार पठाउन सरकारको प्रस्ताव, समितिले गर्यो ठाडो अस्वीकार

दियो पोस्ट  

काठमाडौं, पुस ९ । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सारेका हुन् । ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सोमबारको बैठकमा मन्त्री विष्टले कामदारकै दवावमा घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गर्नु परेको पनि स्पष्ट पारे ।

यता, समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने सरकारको सो प्रस्ताव अस्विकार गरेका थिए । उनले सम्बन्धित निकायसँग अनुगमन नगरी समितिले सरकारको सो प्रस्ताव मान्न नसक्ने अडान राखे । समितिले खाडी मुलुकको अनुगमनपछि २०७३ सालमै खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । सो निर्णय कायम राख्न सभापति श्रीवास्तवले सरकारलाई सचेत गराए ।

बैठकमा मन्त्री विष्टले घरेलु कामदार आफैले दवाव दिन थालेपछि सो प्रस्ताव अघि सारिएको पनि समितिलाई जानकारी गराएका थिए । गत श्रावण महिनायता घरेलु कामदारको रुपमा खाडी मुलुकमा पुनः जान दिन माग गर्दैै करिव एक हजारले निवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दावी छ । समितिले गैरकानुनी रुपमा खाडी मुलुकमा रहेका घरेलु कामदारको यथार्थ विवरण छिटोभन्दा छिटो समितिमा पेश गर्न पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले खाडी मुलुकमा रहेका घरेलु कामदारहरुको तथ्यांक समेत नराखेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

TATA ADD