काठमाडौं, पुस ९ । पुँजीबजारमा आज नेप्से परिसुचक र कारोबार रकम दुबै घटेको छ । नेप्सेपरिसुचक झण्डै साढे ६ अंकले घटेको हो भने कारोबार रकम ८ करोड रुपैयाँले घट्यो ।
हिजो ३२ अंकले बढेको कारोबार मापक नेप्से परिसुचक आज ६ दशमलव ४५ अंकले घटेर ११ सय ९१ दशमलव ९४ अंकमा झरेको छ । आज ७९ करोड ८७ लाख रुपैयाँ बराबरका २२ लाख ७६ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सुचिकृति भएकामध्ये धेरै समूहको उप–सूचक घटेसँगै बजार घटेको देखिएको हो । नेप्से परिसुचक र कारोबार रकम घटेपनि ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड, हाथवे फाईनान्स कम्पनी लिमिटेड, र सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले साढे ७ प्रतिशत गुमाएका छन्