अनसनरत पूर्वजनसेनाका घाईते र गृहमन्त्रालयबीच ४ बुँदे सहमति, आजैबाट अनसन तोडियो (पत्रसहित)

Diyo post  

काठमाडौं, ९ पुस । विभिन्न माग राख्दै अनसन बसिरहेका घाईते पूर्व माओवादी सेना र सरकारबीच ४ बुँदे सहमति भएको छ ।
केहीदिन अघि माईतिघरमा अनसन बसिरहेका उनीहरुको अवस्था चिन्ताजनक भएपछि सरकारले उनीहरुलाई वीर अस्पतालमा पुर्याएको थियो ।
गृहमन्त्री राम बहादुर थापा बादलको निर्देशनमा गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेले अनसनरत पूर्व जनसेनासँग वार्ता गरेका थिए ।
वार्तापछि ४ बुँदे सहमति भएको पूर्व माओवादी निकट वाईसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।


सहमति अनुसार आजकै मितिबाट घाईते पूर्व जनसेनाले अनसन त्याग्ने भएका छन् ।
गम्भिर घाईते तथा तत्काल उपचार गर्नुपर्ने घाईते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देश बाहिर उपचार गर्न सिफारिस गरेका घाईते, अपांगलाई तत्काल उपचारका लागि पहल गर्ने, घाईते, अपांगहरुको अनसन र उपचारको क्रममा भएका खर्च बिल भर्पाई नेपाल सरकारले ब्यहोर्ने, घाईते अपांगका तर्फबाट राखिएका मागहरु, सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार गृहमन्त्रालय, जनक्रान्तिका घाईते अपांग योद्धा संघको प्रतिनिधिहरु तथा कानुनी विज्ञ रहेको एक कार्यदल गठन गरी दिर्घकालिन समाधान खोज्ने । कार्यदलको प्रतिवेदन तयार गर्ने अवधी कार्यदल गठन भएको तीन महिना हुने लगायत सहमति भएको छ । सहमतिमा घाइते अपांगका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुरी रोका, चन्द्र प्रकाश विक र पार्वती पुन र सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेले हस्ताक्षेर गरेका छन् ।

सम्बन्धित खबर