बौद्धमार्गिको छेस्युग माने मेलामा शारीरिक रुपमा अपांगता भएकाहरुले ह्विलचियरमै यसरी नाचे (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, १० पुस । शारीरिक रुपमा अपांगता भएका मानिसहरुलाई बाहिर हिँड्न निकै सकस हुन्छ । तर, धादिङमा आयोजित एक कार्यक्रममा भने शारिरीक रुपमा अपांगता भएका महिलाहरुले ह्विलचियरबाटै नृत्य प्रस्तुत गरेका छन् ।


धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ ढोलाको नयाँ वस्तिमा शनिबार आयोजित कार्यक्रममा अपागना भएका व्यक्ति देखि जनवादी गायक जीवन शर्माले समेत आफ्नो प्रस्तुती देखाए ।


२०७२ सालको बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण घरबार विहिन बनेका धादिङको उत्तरी हिमाली तत्कालिन साविकको लापा गाविसका भूकम्पपीडितलाई लापा स्वास्थ्य विन्दुले ढोलाको नयाँ वस्तिमा स्थानान्तरण गरेको थियो ।

बौद्ध मार्गीहरुले मनाउने छेस्युग माने जात्राको अवसरमा उक्त कालाकारहरुले आ–आफ्नो प्रस्तुती देखाएका हुन् । पूर्व गृहमन्त्री बुद्धिमान तामाङ समेत सहभागी रहेको कार्यक्रममा पूर्व सांसद तथा नेकपाका धादिङका नेता पुष्पविक्रम मल्लले पनि संवोधन गरेका थिए ।


लापा स्वास्थ्य विन्दुका अध्यक्ष दिनेश तामाङको सक्रियतामा आयोजित कार्यक्रमाम ललितपुरको जावलाखेलबाट शारीरिक अपांगता भएका महिलाहरु ह्विलचियरमा नाच्न नयाँ वस्ति पुगेका थिए ।


सामाजिक अभियानता समेत रहेका तामाङका अनुसार पर्यटन प्रबर्द्धन र संस्कृती पुनःस्थापनाको उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको थियो । ४ दिनदेखि जारी मेला शनिबार मात्रै समापन भएको थियो । बौद्ध मार्गीहरुले उक्त अवधिमा विधिपूर्वक पुजा पाठ समेत गरेका थिए । स्थानिय बासीले म्हेन्दो माया नाच प्रस्तुत गरेको आयोजक दिनेश तामाङले बताए ।

भिडियाे