दोस्रो नेपाल आईडल रवि ओडकी आमाको मृत्यु

दियो पोस्ट  

धनगढी, पुुस ११ । बुधबार विहान दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमा विष्णा ओडको करेन्ट लागेर ज्यान गएको छ ।

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया ओडको उपचारका लागि अस्पताल लैजाने गर्दा बाटोमै ज्यान गएको हो ।

घाइते विष्णा ओडलाई सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएलगत्तै डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गएका थिएनन् ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

सम्बन्धित खबर