निजामती कर्मचारीका माग तत्काल टुंग्याउन पेशागत महासंघको आग्रह

Diyo post  

काठमाडौं, पुस ११ । पेसागत महासंघ नेपालले जतिसक्दो छिटो बार्ता र सम्वाद गरी उपयुक्त निकास निकाल्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव विष्णु लामिछानेले विज्ञप्ती निकालेर निजामती सेवा र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मागका विषयलाई टुँगो लगाउन तत्काल वार्ता र सम्बाद गरि उपयुक्त निकास निकाल्न सरकारसँग आग्रह गरेका हुन् ।

नेपालको संविधानको धारा ३०२ को व्यवस्था र संविधानले अंगिकार गरेको संघीय, प्रदेश र स्थानीय तहको व्यवस्था अनुसार कर्मचारी समायोजन गर्नु र त्यहि अनुसारको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको पनि महासचिव लामिछानेले विज्ञप्तीमार्फत भनेका छन् ।

देशको प्रशासनिक पुनसंरचनाको अवस्थालाई सहज रुपमा सघाउनु सरकार, कर्मचारी र सम्वद्ध सबैको कर्तव्य भएको भन्दै महासंघले हाल कार्यरत कर्मचारीहरुले सेवा प्रवेश गर्दा सुनिश्चित गरिएको सेवाको सुरक्षा, वृत्ति विकास र खाई पाई आएको सेवा सुविधामा कटौती नहुने सुनिश्चितता समेत अपरिहार्य र अनिवार्य शर्त भएको जनाएको छ ।

त्यसै गरी राष्ट्रिय एकताको सुदृढीकरण र सम्वृद्ध नेपाल सुखी नेपालीको महानतम अभियानलाई लक्ष्यसम्म पु¥याउन योग्य, सक्षम र सर्वाेत्तम जनशक्तिलाई निजामती सेवामा आकर्षित गर्ने र कानूनमा आधारित जनमुखी, सदाचारी र सृदृढ निजामती प्रशासन निर्माण गर्ने दायित्वलाई लाई उपेक्षा गर्न नसकिने पनि विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित खबर