काठमाडौँ, पुष ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पार्टीभित्र भएको आन्तारिक असन्तुष्टिको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यलय धुम्बाराहीमा जारि स्थाई समितिको वैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र नै पक्ष र प्रतिपक्षको व्यवहार र कार्यशैली भएकाले त्यसलाई हटाउन सबै नेताहरु एक हुन आह्वान गरेका छन् ।
दुई ठुला कम्युनिष्ट पार्टीलाई एकिकरण भएर सत्तामा आइपुग्दा थुप्रै संघर्ष गरेको बताउँदै अध्यक्ष प्रचण्डले सबै नेताहरुलाई गम्भिर भएर लाग्न अनुरोध गरेका छन् । उनले पार्टीलाई विगतको आखाँले हेर्न नहुने समेत बताएका छन् । हिजो कसरी चलियो, त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो। हिजोका गुटबन्दीहरुका प्रभाव नयाँ पार्टीमा रहनुहुँदैनु, प्रचण्डले भनेका थिए, त्यसमा हामी दुवै अध्यक्ष स्पष्ट छौं। पार्टीभित्र हार्दिक एकता गरौं। सबैको भूमिकालाई सम्मान गरौं। म त्यो चाहन्छु।
झण्डै दुई घण्टा बोलेका प्रचण्डले पार्टी एकताका संघर्षमय दिनहरुलाई पनि स्मरण गरेका छन् । उनले तात्कालिन समयमा एमाले र माओवादीलाई एक हुन नदिन आन्तरिक र वाह्य शक्तिहरु ज्यान छाडेर लागेको बताए । सो समयमा आफुलाई विभिन्न खालका लोभ र धम्कीहरु पनि प्रशस्त मात्रामा आएका उनले बताए । पार्टीलाई एकता गरि यहाँसम्म ल्याउनको लागि पुर्वएमाले र पुर्वमाओवादीका धेरै नेताहरुले महत्वपुर्ण भुमिका खेलेको उनले बताए ।
उनले पार्टीलाई एक बनाउन सबै नेताहरुलाई आग्रह गरे । सरकार र पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर सबैजसो शीर्ष नेताहरुले आलोचना गरेका थिए । स्थायी कमिटि वैठकमा जवाफ दिँदै प्रचण्डले सरकारले राम्रो काम गरेको पनि बताएका छन् । कानुन बनाएको, चीन र भारतमा प्रधानमन्त्रीले भ्रमण गरेको र ऐतिहासिक समझदारी गरेको लगायतका उदाहरण प्रचण्डले दिएका थिए। यसका साथसाथै केही कमजोरीहरु पनि भएका छन्। त्यसलाई सुधारेर जानुपर्छ, उनले भने, पार्टीले सरकारलाई असहयोग गर्ने र सरकारले पार्टीलाई बेवास्ता गर्ने अतिवादबाट अगाडि बढ्नुहुँदैन। पार्टीले सरकारलाई मदद्त गर्ने, सकारले पार्टीको सहयोग लिने कोसिस गर्नुपर्छ। उनले भने, ‘सरकार पार्टीले चलाउने हो, पार्टीलाई सरकारले चलाउने होइन ।’
उनले पार्टीले अहिलेको राजनीतिक परिवर्तनको प्रकृती, चरित्र, त्यसको आयतन के हो ? भन्ने विषयमा गम्भिर भएर छलपल गनुपर्ने बताए । यस्ता विषयमा पार्टीमा एकत्व नभएको शंका पनि उनले ब्यक्त गरे । प्रचण्डले विभिन्न कारणले कमिटीहरुको गठनमा ढिलाइ भएको बताएका थिए। अहिलेसम्म ढिला भएको भए पनि अब ढिला गर्नु नहुने बताएका थिए। सबै कमिटीहरुको एकता र गठन गर्न यही बैठकले कार्यदल गठन गर्नुपर्ने उनले बताएका थिए। त्यही कार्यदलले स्थायी समितिमा ल्याउनुपर्ने उनले बताए। त्यसमा छलफल गरेर टुंग्याउन प्रस्ताव गरेका थिए। उनले पार्टीको स्थायी कमिटीको वैठकले कुन नेताको मनमा पार्टी र सरकारको विषयमा कस्तो धारणा छ भन्ने कुरा जान्ने मौका दिएको पनि बताए ।