काठमाडौँ, पुस १२ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।
सञ्चारकर्मीसंग अन्तक्रिया गर्दै उनले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानले धर्मको बारेमा जे ब्याख्या गरेको छ नेपाली कांग्रेसले त्यसलाई नै अपनाउने बताउने । पार्टीले वैदिक कालदेखि चलिआएको धर्मलाई संरक्षण गर्ने तथा धर्म परिवर्तनलाई निरुत्सासही गर्ने धारणा लिएको बताए ।
वर्तमान समयमा मुलुकमा अतिवादीहरु सक्रिय हुन खोजेको उल्लेख गर्दैै नेता सिटौलाले आफुहरुलाई कुनैपनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पारे । उनले बर्तमान सरकारले जनताको अपेक्षाअनुसारका कामहरु गर्न नसकेको पनि उल्लेख गरे । अब नेपाली कांग्रेस जनतामाझ जानुपर्ने धारणासमेत व्यक्त गरेका छन् । पार्टीको महासमिती वैठकबाट पारित विधानअनुसार विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने बताए ।
युवा नेता गगन थापाले कांग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र संगठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने बताए ।