काठमाडौं, पुष १२ । इन्डोनेशियामा गएको सुनामीबाट सैयौँ मानिसहरुले ज्यान गुमाएकोप्रति समवेदना सन्देश तयार पार्दा गल्ती गर्ने कर्मचारीमाथि परराष्ट्र मन्त्रालयले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
विहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्वन्धित अधिकारीमाथि कारबाही सुरु गरेको बताएको छ । त्रुटी कसरी भयो भनेर सम्वन्धीत ब्यक्तिसंग स्पष्टिकरण समेत माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले विहीबार भएको गम्भिर त्रुटी र सामाजिक संजालमा आएको व्यापक प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्रले राष्ट्रपति कार्यलयबाट त्रुटी नभएको स्पष्ट पार्दै गल्ती मन्त्रालयबाट भएको स्वीकार गरेको छ ।