ए डिभिजन लिगमा मनाङ आठौँपटक च्याम्पियन, दुई खेल बाँकी हुदै उपाधीमाथि कब्जा

दियो पोस्ट  

काठमाडौँ, पुष १२ । शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी फुटबल क्लवले दुई खेल खेल्नु अगाडी नै उपाधीमाथि कब्जा गरेको छ । विहीबार भएको खेलमा संकटालाई ३–१ गोलले पराजित गरेपछि दुई खेल बाँकी छँदै जित निश्चित भएको हो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको सुरुवात देखि नै आक्रामक फुटबल खेलेका दुबै टिमले एक अर्काको पोष्टमा बारम्बार आक्रमण गरेका थिए । जसमा सातौं मिनेटमा संकटाका इलोनले मनाङको गोलकिपरलाई विट गरेर प्रहार गरेपनि गोल गर्न सकेनन् । १३ औं मिनेटमा मनाङका कमल श्रेष्ठको प्रहार क्रसबारमा लाग्न पुग्यो ।

१५ औं मिनेटमा फेरी मनाङका हेमन गुरुङको प्रहार क्रसबारमा नै लाग्न पुग्यो । पहिलो हाफको अन्तिममा मनाङमा अर्को मौका पाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले ८१ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि सब्सिच्युट खेलाडी पुजन उपरकोटीले गोल गर्न सफल भए ।
त्यसपछि ८७ औं मिनेटमा विदेशी खेलाडी एडीलाजा सोमीडीको गोल मार्फत मनाङले अन्तर तीन शुन्यमा पुर्यायो । त्यसपछि संकटाका सेड्रिक अवाले ९० अाें मिनेट एक गाेल फर्काएपनि टिमलाइ हारबाट बचाउन सकेनन ।

जीतसंगै मनाङले ३३ अंक बनाएको छ भने निकटतम प्रतिद्वन्दी संकटाको २५ अंक रहेको छ । अब जारी सिजनको लिगमा यी दुबै टोलीले दुई(दुई खेलमात्र खेल्न बाँकी छ। बाँकी दुबै खेलमा मनाङ पराजित र संकटा विजयी भए पनि मनाङको उपाधि यात्रामा कुनै फरक पर्ने छैन।

बाँकी दुबै खेलमा पराजित भए मनाङको ३३ र बाँकी दुबै खेलमा विजयी भए संकटाको ३१ अंकमात्र हुनेछ। बिहीबारको जितसँगै मनाङले ११ खेलमा जित दर्ता गरेको छ।

उसले यसअघि २०४३,४४,४६,२०५७, २०६० र २०६२ तथा २०७१ सालमा उपाधि जितेको थियो । यता तीन पटकको संकटाले २०३७, २०४० र २०४२ लिगको उपाधि जितेको थियो ।