नेकपाले पुष मसान्तभित्र सांगठनिक एकता टुंग्याउने, बादलको नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन

दियो पोस्ट  

काठमाडौँ, पुष १३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी वैठक शुक्रबार सकिन लागेको छ । दुई साता लामो वैठकपछि नेकपाले राजनीतिक प्रस्ताव पारित गर्ने र पार्टीको तल्लो तहसम्म सांगठनिक एकतालाई टुंग्याउनको लागि कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले संयुक्त रुपमा प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनलाई वैठकले पारित गरेको छ । दुई अध्यक्षले स्थायी कमिटी वैठकमा सदस्यहरुले राखेका विषयहरुलाई सम्वोधन गरि एक प्रस्ताव प्रस्तुत गरेका थिए । अन्य सदस्यहरुले सहमति जनाएपनि विहीबारको वैठकमा शीर्ष नेताहरु वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरुले भने सदस्यहरुले उठाएका विषयहरुलाई प्रस्तावमा उल्लेख नगरिएको भन्दै आपत्ती जनाएका थिए ।

पार्टीभित्र सांगठनिक एकता कमजोर बन्दै गएको कुरा पनि नेकपाको स्थायी कमिटि वैठकमा उठेको थियो । कमजोर नेतृत्व र गैरजिम्मेवारपुर्ण व्यवहार देखाएको भन्दै वैठकमा दूई अध्यक्षको व्यापक आलोचना भएको थियो । आगामी दिनहरुमा पार्टीको तल्लो तहसम्म एकता गर्नका लागि वैठकले रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलमा रामबहादुर थापा बादलसहित महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ रहेका छन् । उक्त कार्यदललाई पुष मसान्तभित्रै पार्टीको सांगठनिक एकता टुंग्याइ प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । प्रतिवेदन पेश गरेलगत्तै पार्टीको सचिवालय वैठक बस्ने र दोस्रो स्थायी कमिटी वैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

TATA ADD

सिफारिस