काशीनाथ तिवारी हत्यामा जन्मकैद भुक्तान गरिरहेका कुशवाहलाई सर्वोच्चले दियो सफाइ

Diyo post  

काठमाडौँ, पुष १३ । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले सफाई दिएको छ । हिन्दु युवासंघ वीरगंजका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमा जन्मकैद भुक्तान गरिरहेका कुशवाहलाई सर्वोच्चले शुक्रबार सफाइ दिएको हो ।

न्यायधीश शारप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले कुशवाहलाई सफाइ दिइएको निर्णय सुनाएको हो । २०६७ असार १२ गते साँझ पाँच बजे तिवारीको हत्या भएको थियो । नजिकैको खड्केश्वर बाबा मठमा सामाजिक पञ्चायत गरेर आउने क्रममा शीव पार्वती मन्दीर नजिकै उनिमाथि गोली चलाईएको थियो ।
तात्कालिन समयमा नै हिन्दु युवासंघले तिवारीको हत्या तात्कालिन एमाओवादीले गराएको ठोकुवा गरेका थिए । वैशाख २६ गते मेयर कुशवाहलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको थियो ।

पक्राउ पछि उनिमाथि जिल्ला अदालत बारामा मुद्धा चलाइएको थियो । तर जिल्ला अदालतले निर्दोष भनेपनि उच्च अदालत जनकपुरले २० बर्षको जन्मकैदको फैसला सुनाएको थियो ।

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।

सम्बन्धित खबर