कुन देशका फर्स्ट लेडी कस्ता ?

दियो पोस्ट  

काठमाडौं, पुस १४ । कुनै देशमा ‘प्रथम महिला’ वा ‘प्रथम पुरुष’लाई संवैधानिक रूपमै पद दिइएको छ भने संवैधानिक पद नभएका देशमा पनि कार्यकारी प्रमुखका श्रीमान् वा श्रीमतीलाई मिडियाहरूले यही उपमाले सम्बोधन गर्छन् । देशकै कार्यकारी पदमा रहेको आफ्नो जीवनसाथीलाई सफल बनाउन अहोरात्र भूमिका खेल्ने भएकाले पनि उनीहरूको महत्व विशेष रहन्छ । विश्वका चर्चित ‘फस्र्ट लेडी’ महिला कस्ता छन् त रु उनीहरू के–कस्तो पेसामा आबद्ध छन् रु सुपरमोडल, नर्स, धार्मिक अभियन्ता भएर पनि आफ्ना श्रीमान्लाई सफल बनाउन भूमिका खेल्ने फरक–फरक देशका फर्स्ट लेडी स्

१. मेलानिया ट्रम्प, अमेरिका
मेलानिया ट्रम्प अमेरिकाकी प्रथम महिला हुन् । स्लोभेनियामा जन्मिएकी मेलानिया मिलान र पेरिसमा मोडलिङ गरेपछि सन् १९९६ मा न्युयोर्क आएकी थिइन् । न्युयोर्क आएको छोटो समयमै यी सुपर मोडल डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको मोडलिङ कम्पनीसँग जोडिइन् । त्यसपछि ट्रम्पसँग अफेयर सुरु भयो र सन् २००५ मा उनीहरूले विवाह गरे । विवादास्पद अभिव्यक्तिका कारण ट्रम्प चर्चामा आउने गरे पनि मेलानिया संयमित छिन् । उनी समाजसेवामा रुचि राख्छिन् ।

२. पेङ लियुआन, चीन

चिनियाँ राष्ट्रपति सी जिनपिङकी श्रीमती पेङ लियुआन लोकगायिका हुन् । सन् २०१२ देखि ०१७ सम्म उनी जनमुक्ति सेनाको आर्ट एकेडेमीकी अध्यक्ष थिइन् । आफ्नो सहयोगी र उदार मनका कारण पेङ लोकप्रिय छिन् । अन्तर्राष्ट्रिय मिडियाहरूले पूर्वबेलायती राजकुमारी डायना र अहिलेकी बेलायती राजकुमारी केट मिडिलटनसँग उनको तुलना गर्छन् । गायनसँगै पिङले चिनियाँ सेनामा मेजर जनरलको जिम्मेवारी पनि सम्हाल्दै आएकी छिन् । सन् २०११ मा उनी क्षयरोग र एचआइभी एड्सविरुद्धको अभियानका लागि विश्व स्वास्थ्य संगठनको ब्रान्ड एम्बेसडर बनेकी थिइन् । महिला शिक्षाको प्रवद्र्धन गर्न पनि उनले विशेष जोड दिँदै आएकी छिन् । विदेशमा औपचारिक कार्यक्रममा सरिक हुँदा पिङको फेसन स्टाइलले अन्तर्राष्ट्रिय मिडियामा राम्रो स्पेस पाउने गरेको छ ।

३. ब्रिगिटी माक्रोन, फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन युवा छन् । ४० वर्षीय माक्रोनबाट देशले ठूलो अपेक्षा गरेको छ । फ्रान्सकी प्रथम महिला ब्रिगिटी माक्रोन भने ६५ वर्षकी भइसकिन् । आफूभन्दा २५ वर्ष कान्छा युवासँगको ब्रिगिटीको प्रेमसम्बन्ध रोचक छ । पूर्वपति आन्द्रे लुइससँगको ३२ वर्षे लामो सम्बन्ध तोडिएको एक वर्षपछि सन् २००६ मा ब्रिगिटीले इम्मानुयलसँग विवाह गरेकी थिइन् । पूर्वपतिका तीन छोरी अहिले ब्रिगिटीसँग छन् । ९० को दशकमा इम्मानुयल पढ्ने स्कुलमा ब्रिगिटीले पढाउँथिन् । त्यहीक्रममा शिक्षिका र विद्यार्थीको प्रेम बस्यो ।

४. बुस्रा बिबी, पाकिस्तान
पाकिस्तानी मिडियाहरू दुई महिलालाई फस्र्ट लेडीका रूपमा सम्बोधन गर्छन् । राष्ट्रपति आरिफ अल्भीकी श्रीमती सामिना अल्भी र प्रधानमन्त्री इमरान खानकी पत्नी बुस्रा मानेका बिबी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान कार्यकारी पदमा भएका कारण पनि उनकी पत्नी बुस्रा बिबीको चर्चा धेरै हुन्छ । खाबर नेकासँगको ३० वर्षे वैवाहिक सम्बन्धलाई गत वर्ष पूर्णविराम लगाएपछि यसै वर्ष बिबीले इमरानसँग विवाह गरेकी हुन् । पहिलो श्रीमान्तर्फबाट उनका तीन छोरी र दुई छोरा छन् । ५० वर्षीया बिबीको धर्मकर्ममा धेरै रुचि छ । उनी धार्मिक प्रवचन दिने तथा पुस्तकहरूको प्रवद्र्धन गर्ने गर्छिन् ।

५. री सोल जु, उत्तर कोरिया

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी श्रीमतीबारे देशभित्र कमै मात्र समाचार बन्छन् । तर, अन्तर्राष्ट्रिय मिडियाले किमकी श्रीमतीका विषयमा धेरै खोजी गर्ने गरेको थियो । यसै वर्ष मार्च २८ मा किमको चीन भ्रमणका क्रममा री सोल आकर्षणको पात्र बनेकी थिइन् । उनले आफ्ना श्रीमान्सँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गरेकी थिइन् । अप्रिलमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको वार्ताका दौरान री सोल जु पनि उपस्थित थिइन् । उनलाई उत्तर कोरियाकी ‘सम्मानित प्रथम महिला’ भनेर सरकारी सञ्चारमाध्यमले पहिलोपटक सम्बोधन गरेको थियो । यस्तो दुर्लभै मात्र हुन्छ । सन् १९७४ पछि अन्य समयमा प्रथम महिलालाई पनि कमरेड भनेर सम्बोधन गर्ने गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार जु तीन छोराछोरीकी आमा हुन् ।

६. सोफी ग्रिगोइरे, क्यानेडा

क्यानडेली राष्ट्रपति जस्टिन ट्रूडियुकी श्रीमती सोफी कुनै समय टेलिभिजन प्रस्तोता थिइन् । ४३ वर्षकी सोफी अहिले समाजसेवामा सक्रिय छिन् । उनी विभिन्न कार्यक्रम होस्ट पनि गर्छिन् । गैरसरकारी संस्थाले गर्ने विभिन्न काममा स्वयंसेवककका रूपमा सहभागी हुन्छिन् । महिला र बालबालिकाका मुद्दामा उनको चासो धेरै रहन्छ । नयाँपत्रिकाबाट