‘सरकारले गर्न चाहेका नविन कामहरुमा अवरोध श्रृजना भयो’ : संचारमन्त्री बास्कोटा

दियो पोस्ट  

काठमाडौं, पुस १४ । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नविन कामहरुमा अवरोध श्रृजना भईरहेको बताएको हो ।

सनिबार काठमाण्डौमा भएको क्यान फेडरेसनको २५ औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरु बाटै अवरोध हुन थालेको गुनासो गरेको हो ।

विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँले सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या श्रृजना भएको दाबी गरेको छे । डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु श्रृजना हुने गरेको उल्लेख गर्दे उहाँले विद्युतिय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए ।

सिलौटे युग पार गर्दे अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आईसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको संकल्प पुरा गरेरै छाड्ने दाबी गरे । सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उहाँले उल्लेख गरे । त्यसका लागि सरकारले नीजी क्षेत्रसंगको सहकार्यलाई प्राथमिकता दिने उहाँले बताए ।

कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताए । उहाँले लगानीको वातावरण श्रृजना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने दाबी गरे ।

क्यान फेडेरेसनले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन सकिने बताएको छ ।