विप्लवको खुलाशा,–‘आधिकारीक पत्र नै नपठाई सरकारले वार्ताको हल्ला फिँजायो’ (विज्ञप्तिसहित)

Diyo post  

काठमाडौं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले वार्ताको हल्ला मात्रै चलाएको आरोप लगाएका छन् ।


आईतबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारले वार्ताको हल्ला फिँजाएर आधिकारीक पत्र नै नपठाएको बताएका हुन् ।


गत पुस १३ गते सरकारले पुन विप्लवका नेताहरु खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र मोहन कार्की जीवन्तलाई म्याद टाँसेको विरोधमा विज्ञप्ति निकाल्दै उनले यस्तो आरोप लगाएका हुनु ।


‘एकातिर वार्ताको हल्ला मात्रै फिँजाउने तर अर्को तिर आधिकारिक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च केपी–प्रचण्डको सरकारले गरेको यी हर्कतबाट पुष्टि हुन्छ,’ उनले विज्ञप्तिमा भनेका छन्,‘उनीहरुको यस्तो हर्कतको हामी घोर भत्र्सना गर्दछौँ । यसबाट उनीहरुले नै भन्दै आएको सामान्य मानवअधिकार, सामाजिक सुरक्षाको समेत खिल्ली उडाएको छ ।’

सम्बन्धित खबर