बाबा रामदेवलाई झड्काः दिव्य फार्मेसीबाट कमाएको २ करोड किसानलाई बाँड्न अदालतको आदेश

दियो पोस्ट  

काठमाडौँ, पुष १५ । उत्तराखण्डको उच्च अदालतले बाबा रामदेवले दिव्य फार्मेसीबाट कमाएको मुनाफामध्य दुई करोड भारु स्थानीय किसान गरिब मानिसलाई बाँड्न आदेश दिएको छ ।
दिव्य फार्मेसीले उत्तराखण्डको बायोडाइभर्सिटी बोर्ड ‘यूबीबी’ को विरुद्ध दायर गरेको मुद्धालाई खारेज समेत गरेको छ । न्यायधिश सुधांसु धुलियाको इजलासले जैविक अधिनियम २००२ का अनुसार कम्पनीले आर्जन गरेको मुनाफालाई स्थानीय मानिसहरुमा बाढ्नुपर्ने प्रावधान रहेको र यसैअनुसार बाबा रामदेवलाई दिव्य फार्मेसीबाट कमाएको मध्य २ करोड भारु बाँड्न आदेश गरेको हो ।

न्यायाधीस सुधांशू धूलियाका अनुसार, फार्मेसीले आयुर्वेदिक औषधी बनाउनका लागि कच्चा पदार्थको रुपमा प्राकृतिक जडीबुटीको प्रयोग गर्दै आइरहेको छ । उक्त कच्चा पदार्थका लागि रामदेवको कम्पनीले आर्जन गरेको ४२१ करोड भारु नाफामध्ये २ करोड स्थानीय मानिसलाई बाँड्नुपर्नेछ ।

यूबीबीले जैविक विविधता ऐन २००२ को एउटा प्रावधानका आधारमा दिव्य फार्मेसीको बिक्री आधारमा लेभी फीस मागेको थियो । तर दिव्य फार्मेसी यसका विरुद्ध उत्तराखण्ड उच्च अदालतमा पुगेको थियो ।

फार्मेसीको अधिकांश आयुर्वेदिक उत्पादन जङ्गल र पहाडी इलाकाबाट जम्मा गरिएको जडीबुटी र हर्बल चीजहरुबाट बन्दछ । ऐनका अनुसार, कमाईको हिस्सा उक्त इलाकामा बस्ने मानिसहरुका साथ बाड्न जरुरी छ । एजेन्सी